Home मुख्य समाचार मकवानपुरका १० पालिकामा १३५ जनाको उम्मेदवारी फिर्ता, कुल उम्मेदवार १,९३२

मकवानपुरका १० पालिकामा १३५ जनाको उम्मेदवारी फिर्ता, कुल उम्मेदवार १,९३२

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये मकवानपुर जिल्लाका १० स्थानीय तहबाट १ सय ३५ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारी फिर्ता गर्नेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा ३ जना, उपमेयरमा २ जनासहित ४९ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४९ जनाले उम्मेदवारी फिर्ता लिएसँगै हेटौंडा उपमहानगरपालिकामा ३ सय ८८ जनाको उम्मेदवारी कायम भएको छ । थाहा नगरपालिकामा वडा अध्यक्ष र वडा सदस्य गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएसँगै २ सय ४० जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बकैया गाउँपालिकामा अध्यक्षका उम्मेदवार २ जनासहित १८ जनो उम्मेदवारी फिर्ता लिएसँगै २ सय ३४ जनाको उम्मेदवारी कायम भएको छ । ईन्द्रसरोवर गाउँपालिकामा अध्यक्षका आकांक्षी २ जना, वडा अध्यक्षका आकांक्षी ४ जना र वडा सदस्यका आकांक्षी २ जनासहित ८ जनाको उम्मेदवारी फिर्ता भएर ८९ जनाको उम्मेदवारी कायम रहेको छ ।

यता बागमती गाउँपालिकामा ५ जनाको उम्मेदवारी फिर्ता भएर १ सय ६७ जनाको उम्मेदवारी कायम छ । भीमफेदी गाउँपालिकामा एकजनाको उम्मेदवारी फिर्ता भएर १ सय ३५ जनाको उम्मेदवारी कायम छ । मकवानपुरगढी गाउँपालिकामामा ११ जनाको उम्मेदवारी फिर्ता भएर १ सय ३४ जनाको उम्मेदवारी कायम छ । यसैगरी राक्सिराङ गाउँपालिकामा अध्यक्षका आकांक्षी १ जनासहित २१ जनाले उम्मेदवारी फिर्ता लिँदा १ सय ५१ जनाको उम्मेदवारी कायम छ । कैलाश गाउँपालिकामा ३ जनाको उम्मेदवारी फिर्ता हुँदा १ सय ७३ जनाको उम्मेदवार कायमै छ । मनहरी गाउँपालिकामा अध्यक्षका आकांक्षी २ जना, उपाध्यक्षका आकांक्षी १ जना र वडा अध्यक्षका आकांक्षी १ जनाको उम्मेदवारी फिर्ता भएर २ सय २१ जनाको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Exit mobile version