Home अर्थ/व्यापार सहकारी स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग

सहकारी स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग

वृद्धाश्रमलाई सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–४, स्कूलरोडस्थित परिक्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा हेटौंडा–६ स्थित श्रीमद्भागवत संचार वृद्धाश्रमलाई सहयोग गरिएको छ ।

सहकारीको १२ औं स्थापना दिवसको अवसरमा आश्रमलाई ११ हजार रकम बराबरको खाद्यान्न तथा झुल सहयोग गरिएको परिक्रमा बचत तथा ऋण सहकारी संस्थाका सचिव श्याम शर्माले जानकारी दिनुभयो । आश्रममा रहेका ५ जना वृद्धावृद्धको सहजीकरण र राहतका लागि सहयोग गरिएको उहाँले बताउनु भयो ।

सहकारीले चामल ३ बोरा, चिउरा १ बोरा, दाल १० किलो, तेल ६ लिटर, विस्कुट र फलफुल खाद्यान्न र ओढ्ने झुल ४ वटा सहयोग गरिएको उहाँले जानकारी दिनु भयो । सहकारीका अध्यक्ष अर्जुन वाग्लेको अध्यक्षता तथा आश्रमका अध्यक्ष लक्ष्मण कटुवालको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।

Exit mobile version