Home मुख्य समाचार नेवा देय् दबुको बागमती प्रदेश अधिवेशन सुरु

नेवा देय् दबुको बागमती प्रदेश अधिवेशन सुरु

नेवा देय् दबुको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः नेवार समुदायको साझा संस्था नेवा देय् दबुको बागमती प्रदेश अधिवेशन हेटौंडामा आज शनिबार भइरहेको छ । आज बिहान बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नुहुँदै भाषा, जाति, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

भाषाको संरक्षण र प्रयोग गर्न समुदाय सचेत हुनुपर्ने उल्लेख गर्नुहुँदै सभामुख श्रेष्ठले संयुक्त राष्ट्रसंघको सदस्यता लिने क्रममा नेपालले मौलिक भाषाको रुपमा नेवारी भाषा र मौलिक लिपीको रुपमा रञ्जना लिपीलाई स्वीकार गरिएकोले नेवारी भाषा र लिपीको संरक्षण गर्नु अझ महत्वपूर्ण भएको बताउनुभयो ।

नेवा देय् दबु बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । अधिवेशनको बन्द सत्र पनि आजै सम्पन्न गरी नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा हुने अधिवेशन आयोजक समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । प्रदेश अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका एक सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

Exit mobile version