Home मुख्य समाचार कांग्रेसको बागमती प्रदेश अधिवेशनः दोस्रो चरणमा बानियाँलाई प्रधानले सहयोग गर्ने

कांग्रेसको बागमती प्रदेश अधिवेशनः दोस्रो चरणमा बानियाँलाई प्रधानले सहयोग गर्ने

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई भीमसेन दास प्रधानले सहयोग गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएका प्रधानले पहिलो स्थानमा रहनुभएका बानियाँलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेको विधानअनुसार सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । बागमती प्रदेश समितिको सभापति पदका लागि शनिबार भएको मतदानमा २ हजार ८३ मत खस्दा ईन्द्रबहादुर बानियाँले पहिलो स्थानमा रहँदै ९ सय ९२ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहनुभएका जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा रहनुभएका प्रधानले १ सय ९७ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको निर्वाचन आइतबार बिहान ११ः३० बजेबाट सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

Exit mobile version