Home मुख्य समाचार भोलि मनहरीमा एमाले नेता योगेश भट्टराई आउने

भोलि मनहरीमा एमाले नेता योगेश भट्टराई आउने

हेटौंडाः मकवानपुरको मनहरीमा भोलि बुधबार नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराई आउनुहुने भएको छ । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आएर बस्ने कार्यक्रम तय भएको हो ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर भट्टराई मनहरी आउनुहुने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।

Exit mobile version