Home मुख्य समाचार हेटौंडामा प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडामा प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडाः प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठनबन्धन सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्दिको बिरुद्वमा अनेरास्ववियु क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसले आज प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । एमाले निकट विद्यार्थी संगठनले आज प्रधानमन्त्रीको पुत्लाका साथै फोटो समेत जलाएका थिए ।

यसका साथै पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले शनिबार हेर्टौंडामा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

Exit mobile version