Home Uncategorized लागूऔषध वीनरेक्स ४८ बोत्तलसहित हेटौंडाका थोकर पक्राउ

लागूऔषध वीनरेक्स ४८ बोत्तलसहित हेटौंडाका थोकर पक्राउ

लागूऔषधसहित पक्राउ परेको सोम थोकरलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर

हेटौंडाः मकवानपुर प्रहरीले लागु औषध वीनरेक्सहित हेटौंडा–५ का २५ बर्षीय सोम बहादुर थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बिहीबार वीनरेक्स एक सय मिलिटिर लेखिएको ४८ बोतलसहित हेटौंडा–४ स्थित चिल्ड्रेन पार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार हेटौंडा–१५ स्थित रातोमाटे हुँदै हेटौंडा बजारतर्फ आइरहेको ना २४ प २२१० नम्बरको मोटरसाइकलमा सवार थोकरले वीनरेक्स बिक्रि बितरण गर्ने उद्धेश्यले ल्याईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीको टोली खटिएको थियो । थोकरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version