Home मुख्य समाचार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन स्काउटको सपथ

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन स्काउटको सपथ

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाल स्काउटले आज स्काउटको पद तथा गोपनियताको सथप ग्रहण गराएको छ । मुख्यमन्त्री शाक्यसँगै सामाजिक विकास मन्त्री विजय सुवेदी, राज्यमन्त्री जुनेली श्रेष्ठलाई पनि सपथ ग्रहण गराएको छ ।

बागमती प्रदेशमा स्काउटको संरक्षण मुख्यमन्त्री हुने, सामाजिक विकास मन्त्री प्रमुख स्काउट रहने व्यवस्था रहेको छ । यसैगरी मुख्यमन्त्री शाक्यले हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महत र उपप्रमुख मिनालामा, नगर शिक्षा प्रमुख गंगाधर रिमाललाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ ।

स्थानीय तहको संरक्षकको रुपमा उनीहरुलाई सपथ गराइएको होे । यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख विजयी सुवेदी चितवनको ७ स्थानीय तहको स्काउट संयोजकहरुलाई सपथ खुवाउनुभएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका प्रमुख एवम् स्काउट हेटौंडाको संरक्षक हरिबहादुर महतले हेटौंडा उपमहानगर कमिटीलाई सपथ खुवाउनुभएको थियो ।

Exit mobile version