Home खेलकुद आरआरवाइसी सी डिभिजन छनोटको पहिलो चरणबाट नै बाहिरियो

आरआरवाइसी सी डिभिजन छनोटको पहिलो चरणबाट नै बाहिरियो

सी डिभिजन लिग छनोट प्रतियोगितामा सहभागी मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) का खेलाडीहरु ।

हेटौंडाः मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाइसी) सी डिभिजन लिग छनोट प्रतियोगिताको समुह चरणबाट नै बाहिरिएको छ । समुह चरणको पहिलो खेलमा जीत र दोस्रो खेलमा पराजित भएको आरआरवाइसी छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न रोकिएको हो ।

एन्फा कम्प्लेक्समा शुक्रबार बिहान बाजुराको रानीवन स्पोर्टस् क्लब र सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लबबीच भएको खेल गोलरहित बराबरीमा सकिएपछि सोही समुहमा रहेको आरआरवाइसी प्रतियोगिताबाट बाहिरिएको छ । आरआरवाइसीले आफ्नो पहिलो खेलमा चौतारालाई ५–१ गोलअन्तरले पराजित गर्दै ३ अंक जोडेको थियो भने दोस्रो खेलमा रानीवनसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । जसकारण आरआरवाइसीले रानीवन र चौताराबीचको खेलमा भर पनुपर्ने अवस्था आएको थियो ।

शुक्रबारको खेलपश्चात् रानीवन स्पोर्टस् क्लब ४ अंकसहित समुह बिजेता बन्दै छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । ३ अंक रहेको आरआरवाइसीसँगै १ अंक जोडेको चौतारा स्पोर्टस् क्लब पनि समुह चरणबाट नै बाहिरिएको छ ।

Exit mobile version