Home मुख्य समाचार बालदिवस सन्दर्भः निबन्ध लेखन प्रतियोगितामा हेटौंडको ८० जना विद्यार्थीले भाग लिए

बालदिवस सन्दर्भः निबन्ध लेखन प्रतियोगितामा हेटौंडको ८० जना विद्यार्थीले भाग लिए

निबन्ध लेखन कार्यक्रममा सहभागि विद्यार्थीहरु

हेटौंडाः राष्ट्रिय बालदिवसको अवसरमा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा आयोजना गरिएको विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उपमहानगर भित्रका २० विद्यालयका ८० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले १ लाखको बजेट छुट्याई कार्यक्रमको आयोजना गरेकोे हो ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख गंगाधर रिमालको सभाध्यक्षतामा भएको कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका ३७ जना विद्यार्थीहरुले मेरो जीवनको लक्ष्य र कक्षा ९ र १० का ४३ जना विद्यार्थीहरुले कोभिड नियन्त्रणमा बालबालिकाको भूमिका शीर्षकको निबन्ध प्रतियोगितामा सहभागिता जनाएका छन् ।

उनीहरुले लेखेको निबन्धको नतिजा बुधबार आउने हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार सबैले लेखेको निबन्धहरु निर्णायक मण्डललाई बुझाइएको छ । अहिले धेरै समयसम्म कोरोना महामारीका कारण घरमा दिक्क मानेर बसिरहेका विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित गराएर अन्तरक्रियाकलाप गर्दा उनीहरुमा हौसला बढ्ने र प्रेरणा मिल्ने उहाँले बताउनुभयो । कक्षाकोठा गराइने पठानपाठनले मात्रा सबै विद्यार्थीहरु क्षमता प्रस्फुटन नहुने हुदाँ अन्तरक्रियाकलायले विद्यार्थीहरुको क्षमता प्रस्फुटन हुने उहाँको बताउनुभयो । अन्तरक्रियाकलापले विद्यार्थीहरुमा उत्जेना, लगनशील, उत्साहित, जाँगरिलो हुने पनि अधिकृत खड्काको भनाई छ ।

प्रतियोगितामा आधारभुत तह र मावि तहका छुट्टाछुट्टै प्रथम २ हुने विद्यार्थीहरुले प्रमाण पत्रसहित १० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय हुने २ विद्यार्थीहरुले प्रमाणपत्रसहित ८ हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने विद्यार्थीहरुले प्रमाणपत्रसहित ५ हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना हुने विद्यार्थीहरुले प्रमाणपत्रसहित ४ हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५ वटा प्रोत्साहन पुरस्कार पनि वितरण गरिने जनाएको छ । बुधबार नतिजा सार्वजानिक गरिएपनि पुरस्कार वितरण भने केही समयपछि हुने शिक्षा अधिकृत खड्काले बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिका भित्रका विद्यालयका प्रधानाध्यपकहरु, विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो ।

Exit mobile version