Home कला मिहिनेतको फल

मिहिनेतको फल

प्रितिका कार्की, कक्षा ८, नवोदय शिशु सदन

यदि तिमी गर्छो धरै मिहिनेत सधैँ
यदि तिमी खट्छौ हरेक दिनरात भने
तिम्रा लागि सफलता नजिँकै छ ज्यादै
हार चाहिँ नमान है खट्दै गर अझै

जित मात्र सफलता भन्ने सोच नराख
जित्नु मात्र पर्छ भन्ने सोच हैन ठीक
धेरै खट तर तिमी हारे केही हुन्न
मिहिनेतको फल भनेको नै हो सिक्न

पिर परे मन भित्र राख्न खोज शान्ति
छिट्टै दुःख मेटिनेछ सोच्ने गर साथी
मिहिनेत गर्दे गर तिमीले भेट्छौ सुख
यसले जीवनमा लेराउँछ उज्यालो रुप

मिहिनेत गर्न चहीँ कहिल्यै नछोड
गारो परे सफलताको बारेमा सोच
जीवनमा तिमी धेरै प्रयास गर्न खोज
र मिहेनति बनी लेउ असल मोड

Exit mobile version