Home कला खुल्ला आकाशमा रम्न पाउँ

खुल्ला आकाशमा रम्न पाउँ

अनुषा उप्रेती, कक्षा ७, नयोदय शिशु सदन

नयनमा नपरोस् कसैको म बस्न
नपाउन मन र तन मेरो बाँधी राख्न।।

जहाँ मन लाग्यो त्यहीँ उडी जान पाउँ
जस्ले जता लग्यो त्यतै लम्किन नपाउँ

चरा,वायु,पन्छी आदि मेरा मित्र बनून्
मेरो पङ्ख काटिराख्न कसैले नपाउन्

साहित्यको समुन्द्रमा मनि डुब्न पाउँ
आफ्नै संसार निजी हकमा म जिउन पाउँ

कुधर्म र कुलतमा मअल्झिन नपाउँ
स्वतन्त्र भइ चरीझैँ नै उडिजान पाउँ

इन्द्रेणीको सातै रङ्ग दृश्य हेर्न पाउँ
शान्त अनि एकान्तनै स्थानमा जाउँ

सपनाको पङ्ख फिजाइ उडी जान पाउँ
खुल्ला आकाशमा चरीझैँ घुम्न रम्न पाउँ

Exit mobile version