हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले भाद्र १५ गते मंगलबारबाट सबै सेवाहरु नियमित प्रदान गर्ने भएको छ ।
यसअघि कोभिड–१९ को जोखिम रहेको भन्दै प्रशासनले नागरिकता र राहदानी सम्बन्धी सेवाहरु तोकिएको दिनमा आलोपालो माध्यमबाट दिँदै आएको थियो । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले एक सुचना जारी गर्दै आलोपालो माध्यमबाट दिने सेवा हटाइएको बताउनुभएको छ ।