Home मुख्य समाचार हेटौंडाको २५ मिटर क्लियर नभए राष्ट्रिय राजमार्ग अन्तैबाट तोक्नुपर्छः मेयर महत

हेटौंडाको २५ मिटर क्लियर नभए राष्ट्रिय राजमार्ग अन्तैबाट तोक्नुपर्छः मेयर महत

दायाँबाट क्रमश हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत,पत्रकार प्रताप विष्ट

हेटौंडाः हेटौंडा उपमहानगरको मेयर हरिबहादुर महतले हेटौंडाको मुख्य राजमार्गको २५–२५ दायाँ र बाँया पर्ने घरहरु भत्काएर सडक फराकिलो बनाउनु आवश्यक भएको बताउनुभएको छ । २५ मिटर बाटो क्लियर हुनुपर्ने भन्दै नगरसभाले पटकपटक पारित गरेर संघीय सरकारको ध्यानाकर्षण गराएपनि काम अघि नबढेको मेयर महतले बताउनुभयो ।

हेटौंडा उपमहानगरमा घरहरु भत्काउन घरसाहुहरुले नगरसँग कागज गरेको भन्दै मेयर महले सडक फराकिलो नहुँदा धेरै विकासका कामहरु हुन नसकेको बताउनुभयो । मुख्य राजमार्गको घरहरु खरिद विक्रि हुन सकेको छैन । संघीय सरकारले भत्काउन पहल नगरे स्थानीय सरकारलाई घरहरु भत्काउन अधिकार दिनुपर्ने मेयर महतले बताउनुभयो ।

२०७४ सालमा मन्त्रिपरिष्दले हेटौंडा बजार नभत्काउने गरी रातोमाटोबाट राप्तिपुलसम्म राष्ट्रिय राजमार्ग बनाउने भनेर गरेको निर्णय आजसम्म लागू नभएको मेयर महतले बताउनुभयो । संघीय सरकारले त्यो पनि नगरेको भन्दै हेटौंडा बजारमा २५ मिटर क्लियर नगर्दा हेटौंडा बजारको सुन्दरता समेत कुरुप हुँदै गएको बताउनुभयो । पूर्व पश्चिम मार्गको सबै क्षेत्रमा २५ मिटरको बाटो कार्यान्वय भएको र हेटौंडामा मात्रै नभएको भन्दै मेयर महतले संघीय सरकारलाई पटक पटक ताकेता गरेपनि अघि बढ्न नसकेको बताउनुभयो । संघीय सरकारले हेटौंडाको २५ मिटर सडक फराकिलो बनाउने विषय क्लियर नगरे राष्ट्रिय राजमार्ग अन्तै तोक्न मेयर महतले आग्रह गर्नुभएको छ ।

Exit mobile version