हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज शुक्रबार ७१ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । ३८ जना महिला र ३३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।