Home मुख्य समाचार वन विज्ञान क्याम्पसमा मनाइयो त्रिवि स्थापना दिवस

वन विज्ञान क्याम्पसमा मनाइयो त्रिवि स्थापना दिवस

त्रिभूवन विश्वविद्यालयको ६२ औं स्थापना दिवसको अवसरमा वन विज्ञान क्याम्पसमा गरिएको दीपावलीमा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः देशकै पुरानो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयको स्थापना दिवस आइतबार हेटौंडास्थित वन विज्ञान क्याम्पस पनि मनाइएको छ । त्रिभूवन विश्वविद्यालयको ६२ औं स्थापना दिवसको अवसरमा आइतबार साँझ वन विज्ञान क्याम्पसको प्रशासनिक भवन अगाडि दीपावली गरिएको थियो ।

वन विज्ञान अध्ययन संस्थानको आयोजनामा भएको त्रिवि स्थापना दिवसको अवसरमा वन विज्ञान क्याम्पसको शैक्षिक गुणस्तर, क्याम्पस परिसरको सुरक्षा व्यवस्था, क्याम्पसको स्वामित्वमा रहेको वन क्षेत्रका वन्यजन्तुको संरक्षण लगायतका विषयमा छलफल समेत भएको छ । विद्यार्थीको दवावमा वन विज्ञान क्याम्पसमा सुरक्षा गार्ड राख्ने काम भएको छ भने वन्यजन्तुको संरक्षणमा पनि सरोकारवालाको चासो बढेको छ ।

वन विज्ञान क्याम्पसका प्रमुख विजय यादवको उपस्थितिमा क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारीको त्रिवि स्थापना दिवसमा दीपावली गरेका थिए । कार्यक्रममा त्रिभूवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानले हेटौंडास्थित वन विज्ञान क्याम्पसमा जडिबुट्टी र कृषि वन सम्बन्धी स्नात्तकोत्तर तहको कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि जानकारी गराइएको थियो । विद्यार्थीले खेलमैदान प्रयोग गर्न नपाएको र बाह्य मानिसहरुको उपस्थितिलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएको विद्यार्थी सुजन खतिवडाले जानकारी दिनुभएको छ ।

Exit mobile version