Home Uncategorized वाइसिएलको सक्रियतामा बागमती गाउँपालिकामा एक टिफर काठ बरामद

वाइसिएलको सक्रियतामा बागमती गाउँपालिकामा एक टिफर काठ बरामद

काठ बरामद भएको टिफर

हेटौंडाः मकवानपुरको बाग्मती गाउँपालिकाबाट बा३ख ६९५१ नम्बरको टिफरमा अबैध रुपमा हेटौंडातर्फ ल्याउँदै गरेको काठलाई वाइसीएल बागमती गाउँपालिका अध्यक्ष मुक्ति लामाको नेतृत्वले नियन्त्रणमा लिएको छ ।

बाग्मती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा सोमबार बिहान ३ बजे वाइसीएल. नेपाल मकवानपुर बाग्मतीको अध्यक्ष मुक्ति लामाको नेतृत्वले काठसहितको गाडिलाई नियन्त्रणमा लिएको हो ।

वाइसिएलले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको काठ ।

नियन्त्रणमा लिइएको गाडीका चालक भने फरार रहेको र अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको ईलाका प्रहरी कार्यलय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने केहीबेरमा घटनाको विवरण सार्वजनिक गर्ने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मकवानपुरको बागमती गाउँपालिका नेकपा माओवादी केन्द्रको नेतृत्वमा स्थानीय सरकार रहेको छ भने वाइसिएल नेकपा माओवादी केन्द्रको भातृ संगठन हो ।

Exit mobile version