Home मुख्य समाचार हात्तिसुँडेमा अक्सिजनसहितको आइसोलेसन वार्ड

हात्तिसुँडेमा अक्सिजनसहितको आइसोलेसन वार्ड

हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईमा तयार पारिएको आइसोलेसन वार्ड ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकास्थित हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्थानीय बुद्ध मावि व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र बजगाई (निशान) ले ३ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

बजगाईले सोमबार अक्सिजनसहित १० शैयाको आइसोलेशन वार्ड सञ्चालनका निम्ति १० शैया र ५ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, मास्क र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हात्तीसुँडे स्वास्थ्य इकाईका इन्चार्ज कृष्ण जिम्बाले जानकारी दिनुभएको छ । आइसोलेसन वार्ड सञ्चालन गर्न बकैगा गाउँपालिका ३ नम्बर वडा अध्यक्ष दिल बहादुर बोम्जन र जय बकैया कन्स्ट्रक्सन कम्पनिको विशेष पहल रहेको बताइएको छ ।

हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, वडाअध्यक्ष दिल बहादुर बोम्जन, गाउँपालिकाको स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, प्राथमिक स्वास्थ्य चौकीका डा. युवराज पाण्डे, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख कृष्ण लामा जिम्बा र जय बकैया कन्स्ट्रक्सन कम्पनिका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Exit mobile version