Home Uncategorized कांग्रेस नेता पौडेलद्वारा खेलाडीलाई आर्थिक सहयोग

कांग्रेस नेता पौडेलद्वारा खेलाडीलाई आर्थिक सहयोग

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका नेता कुमार पौडेलले चितवन स्थित राप्ती नगरपालिका–७ मा सहयोगी युवा क्लबको आयोजनामा हुन गइरहेको खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेका हेटौंडा ९ का खेलाडीहरुलाइ नगद पाँच हजार सहयोग गर्नुभएका छ ।

आज बिहान हेटौंडा नौ स्थित नबदुर्गा मन्दिरमा कांग्रेस नेता पौडेल र नेपाली कांग्रेस ९ नम्बर वडा सचीव प्रदिप पराजुलीले संयुक्त रुपमा खेलाडीहरुलाइ चेक हस्तान्तरण गर्नुभएको हो । छोटो समयमा आफुले जानकारी पाएकोले सोचेजती सहयोग गर्न नसकेपनी प्रतियोगितामा टोलिले राम्रो खेलेको खण्डमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता नेता पौडेलले जनाउनुभयो ।

Exit mobile version