Home अर्थ/व्यापार उपयोगी सहश्राव्दी सहकारीको मोवाइल बैंकिङ सेवा सुरु

उपयोगी सहश्राव्दी सहकारीको मोवाइल बैंकिङ सेवा सुरु

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ सहकारीको मोवाइल बैंकिङ सेवाको उद्घाटन गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–११ स्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । सेयर सदस्यहरुलाई मोवाइलबाटै कारोबार गर्न सहज होस् भनी सहकारीले मोवाइल बैंकिङ सेवा सुरु गरेको सहकारीका अध्यक्ष दिनेश विडारीले जानकारी दिनुभएको छ ।

आज बिहान जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको मोवाइल बैंकिङ सेवाको उद्घाटन गर्नुभयो । मोवाइल बैंकिङ सेवाको उद्घाटन गर्नुहुँदै कल्पना श्रेष्ठले पछिल्लो समय कोरोना भाइरसका कारण भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताको समयमा मोवाइल बैंकिङ सेवाले सेयर सदस्यलाई सहज हुने बताउनुभयो । उपयोगी सहश्राव्दी सहकारीका व्यवस्थापक गोकुल श्रेष्ठका अनुसार सहकारीमा एक हजार दुई सय सेयर सदस्य छन् ।