Home मुख्य समाचार मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित ४ जना पक्राउ

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित ४ जना पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषध ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार र आइतबार विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार साँझ जानकारी दिएको छ ।

हेटौँडा–११ का ३२ वर्षीय बिकी बिश्वकर्मा र हेटौँडा–१२ का ३० वर्षीय बुद्ध स्याङ्तानको साथबाट प्रतिबन्धित लागूऔषध खैरोहेरोईन ३ ग्राम १३० मिलिग्राम र ट्रामाडोल १० क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै मकवानपुरगढी गाउँपालिका–३ का १९ वर्षीय गणेश घिमिरे र हेटौँडा–१ का ३० वर्षीय सुमन लामाको साथबाट लागूऔषध गाँजा २ किलो ४०० ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।