Home शिक्षा प्याव्सन कार्यालयमा तालाबन्दी गर्ने

प्याव्सन कार्यालयमा तालाबन्दी गर्ने

हेटौंडाः लकडाउनयता नियमित सेवा, सुविधा नपाएको भन्दै आन्दोलित निजी विद्यालयका शिक्षकले शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको कार्यालयमा तालाबन्दी गर्ने भएको छ ।

केहीदिन अघि प्याव्सन मकवानपुर र हेटौंडा उपमहानगर समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भदौ महिनादेखि शिक्षक, कर्मचारीलाई तलब, सुविधा नदिने भन्दै विज्ञप्ति निकालेपछि उक्त विज्ञप्ति फिर्ता लिन भन्दै संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मकवानपुर र हेटौंडा उपमहानगर समितिले ३ दिने अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको अवधिमा प्याव्सनले कुनै प्रतिक्रिया नजनाएसँगै बुधबार साँझ इस्टुले विज्ञप्ति जारी गरेर आन्दोलनको घोषणा गरेको हो । इस्टुले प्याव्सनको कार्यालयमा तालाबन्दी गर्नुका साथै भदौ २१ गतेदेखि शिक्षक, कर्मचारीको तलब सुविधा उपलब्ध नगराउने विद्यालयलाई ३ दिनको समय नाम सार्वजनिक गर्ने जनाएको छ ।