हेटौँडा : केदारेश्वर युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयामा क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ९ नम्बर वडा कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी हेटौँडाको सहकार्य रहेको थियो । यसअघि शुक्रबार हेटौँडा–१३, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सहकारीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ३६ जनाले रक्तदन गरेका थिए ।









