हेटौँडा : हेटौँडा–१३, मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार स्थापन दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम ३६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । भोली शनिबार एक क्लवको आयोजनाका मनहरी गाउँपालिकाको रजैयामा रक्तदान कार्यक्रम रहेको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।









