हेटौंडाः स्वयंसेवी संस्था लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलले हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका लागि भाँडाकुँडा सहयोग गरेको छ । आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितलाई खाना पकाउन, खाना खान उपयोगी भाँडाकुँडा आज हस्तान्तरण गरिएको छ । क्लबका संस्थापक अध्यक्ष बीके महर्जनले हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा सामग्री हस्तान्तरण गर्नुभएको छ ।