गाडीको ठक्करबाट मृत्यु भएको चितुवा ।

हेटौँडा : हेटौँडा–अमलेखगन्ज सडक खण्डमा सवारी साधनको ठक्करबाट चितुवाको मृत्यु भएको छ । सोमबार बेलुकी करिब साढे ८ बजेको समयमा सवारी साधनको ठक्करबाट वयस्क चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।

सडकमा चितुवा मृत अवस्थामा देखेपछि प्रहरी उपस्थित भएको थियो । चितुवालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन । यसअघि २०७७ साल पुसमा सवारी साधनको ठक्करबाटै अमलेखगन्ज–पथलैया सडकखण्डमा दुर्लभ पाटेबाघको मृत्यु भएको थियो ।