जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत शनिबार मकवानपुरको बागमती गाउँपालिका–६ मा जनहित विद्यालयबाट अध्ययन सुरुवात गरी उच्च शिक्षा हासिल गर्दै सफलता प्राप्त गर्ने व्यक्तिहरु, विद्यालयका उत्कृष्ट विद्यार्थी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र सामाजिक व्यक्तित्वलाई सम्मान गरिएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेकपा (माओवादी केन्द्र) को तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान मकवानपुरमा सुरु भएको छ । वडा तहमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । शनिबार हेटौँडा–१ मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष स्वस्तिक राजथलाको अध्यक्षतामा प्रशिक्षण तथा अन्तरक्रिया भएको छ ।

हेटौँडा–२ मा शहिद परिवारलाई सम्मान र ओम बृद्धाश्रमलाई नगद पाँच हजार सहयोग गरिएको छ । शहिद चिन्तामणि तिमल्सिनाको माता बालकुमारी र पिता ठाकुर प्रसाद तिमल्सिनालाई पार्टीका केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगरपालिका अभियान संयोजक रत्न ढकालले सम्मान गर्नुभयो । हेटौंडा–३ मा सहिद परिवारलाई भेटघाट गरी जनगुनासो सुनेका छन् । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य प्रकाश थोकरको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष भिमलाल सिन्तानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टीका हेटौंडा नगर सदस्य हेमन्त रुम्बा, सहिद परिवारका सदस्यहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हेटौंडा–४ मा अनाथ बालकहरु आश्रित आमसाई विद्यालयलाई चामल, दाल, सोयाबिन, आलु, नुन र तेल लगायतका खाद्यान्न सहयोग गरेको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्यहरु रिनेश कुमार श्रेष्ठ, बेली कुमारी दोङ र जंगबहादुर विश्वकर्माको आतिथ्य रहेको थियो । हेटौंडा–५ को ढुङ्गेधारा पर्यटकीय क्षेत्रमा बर, पिपल, छतिवन लगायत विभिन्न जातका विरुवाहरु वृक्षरोपण गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष देवनारायण लामिछाने ‘भिमसेन’को अध्यक्षतामा भएको थियो ।

हेटौंडा–६ मा वडा कार्यालय उद्घाटन तथा सहिद परिवारको जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का विशेष प्रदेश सदस्य जनक शर्मा ‘प्रकाण्ड’को प्रमुख आतिथ्य तथा पार्टीकी वडा अध्यक्ष शोभा घिमिरेको अध्यक्षतामा भएको थियो । हेटौंडा–७ स्थित न्युरेनी सामुदायिक वनमा रहेको कालिदेवी मन्दिर वरपर सरसफाई र फलफूलको विरुवा रोपिएको छ । पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचेतक रत्न ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष बासुदेव कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

हेटौंडा–८ मा चन्द्रोदय माध्यमिक विद्यालय अगाडि सरसफाई गरिएको छ । कार्यक्रमको नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सचिव भिम पाख्रिनले उद्घाटन गर्नु भएको थियो । हेटौंडा–९ मा पाँच जना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान र पार्टीको वडा कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा भएको थियो ।

हेटौंडा–१० मा हेटौंडा बसपार्क सरसफाई गरिएको छ । पार्टीका जिल्ला सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख निबन्ध लामाले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्ला सदस्य रामशरण कार्की, ईन्चार्ज ज्ञानेन्द्र कार्की, वडा अध्यक्ष राजकुमार थिङ्ग लगायतको सहभागिता रहेको थियो । हेटौंडा–११ मा प्रशिक्षणात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष रामकृष्ण बस्नेतको अध्यक्षतामा भएको थियो ।

हेटौंडा–१२ मा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत वडा कार्यालय उद्घाटन गरिएको छ । हेटौंडा १३ मा आगामी पार्टीको एजेण्डा सम्बन्धी छलफल कार्यक्रम गरेको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य, पार्टीका मकवानपुर सदस्य उमेश गुनीको विशेष आतिथ्य तथा पार्टीका वडा अध्यक्ष सूर्यकुमार छुमीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरका सदस्य रामशरण कार्की, हेटौंडा नगर उपाध्यक्ष प्रदीप अर्याल, वडा नम्बर १३ की इन्चार्ज तारादेवी मोक्तान, हेटौंडा नगर सदस्यहरु बसन्तकुमार लामा, नेमा लामा लगायतको आतिथ्य रहेको थियो ।

हेटौंडा–१४ मा पनि तीन महिने अभियानको उद्घाटन गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष चमेलीमाया सिंजाली मगरको अध्यक्षतामा भएको थियो । हेटौंडा १५ मा नेकपा (माओवादी केन्द्र)को वडा पार्टी कार्यालयको स्थापना र उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रत्न ढकालले उद्घाटन गर्नु भएको कार्यक्रममा पार्टीका मकवानपुर जिल्ला सचिव भिम पाख्रिन, जिल्ला सदस्य लिलाकुमार घलान, कमला विक, हेटौंडा नगर अध्यक्ष तीर्थ थापा मगरको सहभागिता रहेको थियो ।

हेटौंडा–१६ मा पार्टीका केन्द्रीय सदस्य रत्न ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष टेकमान थिङको अध्यक्षतामा छलफल गरिएको छ । हेटौंडा–१७ मा पार्टीको वडा कार्यालय उद्घाटन गरी अभियानको शुभारम्भ गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष रंगराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

हेटौंडा–१८ मा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रत्न ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष राजेश मग्रातीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सचिव भिम पाख्रिन, जिल्ला सदस्य प्रकाश निरौला, नेपाल दलित मुक्ती मोर्चा केन्द्रीय सचिवालय सदस्य एवम् जिल्ला ईन्चार्ज कमला बिक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । हेटौंडा–१९ मा सात सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको थियो ।