विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका विद्यालयमा अध्ययनरत् ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । अस्मिता नेपालले शुक्रबार बाल विवाह न्यूनीकरणलाई सहयोग पुग्ने उद्देश्यले वडा २, ३ र ५ नम्बर वडाभित्रका विद्यालयमा अध्ययनरत् विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको अस्मिता नेपालकी कार्यक्रम संयोजक शान्ति कार्कीले जानकारी दिनुभयो ।

प्रतिविद्यार्थी ७ हजार रुपैयाँको दरले ब्याग, कलर, पोशाक, लुडो, कापी, कलमहरु आवश्यकताअनुसार सहयोग गरिएको अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले जानकारी दिनुभयो । यस्तै संस्थाको कार्यक्रमलाई समन्वय गर्दै विद्यालयले समेत ती विद्यार्थीलाई छाता वितरण समेत गरिएको छ । विगत ४ वर्षदेखि अस्मिता नेपालले बालविवाह न्यूनीकरण परियोजनाअन्तर्गत विविध क्रियाकलाप गर्दै आएको छ ।