हेटौंडाः स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ हेटौंडामा भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा शनिबार हेटौंडा–४ स्थित भुटनदेवी विद्यालयको खेलमैदानमा परीक्षा भएको हो ।
संस्कृति परीक्षामा नगर भित्रका कक्षा ६ देखि १२ सम्मका ६ सय जना विद्यार्थीको सहभागिता रहेको छ । परीक्षा ४० मिनेटसम्म सञ्चालन हुनेछ । हरेक वर्ष स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन हुँदै आएको छ । ऐतिहासिक आध्यात्मिक ज्ञान र धर्मका कुरा जोडिएको छ ।
परीक्षामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ५ हजार र सान्त्वना हुने १० जनाले जनही १ हजार प्राप्त गर्नेछन् । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्य तथा हयग्रीव आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक वासुदेव वत्स रहनुभएको छ ।