हेटौंडाः प्रहरीले शनिबार राक्सिराङ गाउँपालिकाको दुई वडाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक अविनाश अधिकारी र ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटेको ६० जना प्रहरीको टोलीले गाँजा तथा अफिम खेती नष्ट गरेको हो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ र ४ को लावती, लाङती, आले र तर्सिकोटलगायत स्थानहरुमा ३० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती र ५ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।