सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–७, न्यूरेनीका कोरोना संक्रमित ७८ वर्षीय वृद्धको शुक्रबार बिहान चितवनमा मृत्यु भएको छ । ७८ वर्षीय वृद्धको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।

दम, मुटु लगायतका स्वास्थ्य समस्याबाट पीडित वृद्धको चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७ बजे निधन भएको भरतपुर अस्पतालले जनाएको छ । हेटौंडास्थित गोरक्षेश्वर आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार अन्य स्वास्थ्य समस्याबाट पनि पीडित वृद्धको स्वाब संकलन गरिएपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको जानकारी दिनुभयो । मृतक वृद्धको परिवारका अन्य सदस्यको भने स्वाब संकलन गरिएको छैन ।