मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै एक सहजकर्ता ।

हेटौँडा : मतदाता शिक्षा यहि फागुन २१ गते हुने मतदानको लागि मकवानपुरको थाहा नगरपालिका–२ मा मतदाता शिक्षाअन्तर्गत सर्वसाधारणलाई मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिएको छ ।

पालिकाले मतदान प्रक्रियाबारे आधारभूत जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सहजकर्तालाई परिचालन गरिएको छ । मतदाता शिक्षाले मतदानको प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै बदर मतको अनुपात घटाउने विश्वास निर्वाचन आयोगको छ ।