हेटौँडा: रोयल इन्फिल्डको ‘हन्टर–३५०’ मोटरसाइकलको परिमार्जित संस्करण हेटौँडामा पनि सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा औपचारिक रूपमा अनावरण गरिएको यो मोटरसाइकल बुधबार एक कार्यक्रमका बीच हेटौँडामा सार्वजनिक गरिएको हो ।
हेटौँडास्थित रोयल इन्फिल्डको आधिकारिक शोरुम ओम अटोमोवाइल्समा ग्लोबल आइएमई बैंक हेटौँडाका शाखा प्रबन्धक रविन दाहाल र ओम अटोमोबाइल्सका संस्थापक दिलिश गोविन्द जोशीले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गर्नुभयो । हन्टर–३५० रोयल इन्फिल्डका उत्पादनहरू मध्ये अहिलेसम्मकै सबैभन्दा हल्का मोटरसाइकल हो । विशेषगरी सहरी क्षेत्रको भिडभाडमा रोयल इन्फिल्डका अन्य गह्रौँ मोटरसाइकल चलाउन कठिन हुने समस्यालाई मध्यनजर गर्दै यो मोटरसाइकल डिजाइन गरिएको हो ।
सन् २०२२ मा बजारमा आएको यो मोडलमा अहिले केही परिमार्जनसहित नयाँ विषेशताहरू थपिएको छ । जसमध्ये नयाँ संस्करणमा एलइडी लाइटको प्रयोग प्रमुख आकर्षण हो । यो मोटरसाइकल होचो र अग्लो दुवै कदका व्यक्तिहरूले सहजै चलाउन सक्ने गरी बनाइएको छ । विशेषगरी युवा पुस्ताको रोजाइलाई ध्यानमा राखेर कम्पनीले यसको ‘लुक’ र डिजाइन तयार पारेको जनाएको छ । नयाँ हन्टर–३५० विभिन्न ६ वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ । नेपाली बजारमा यसका दुई वटा भेरियन्टहरू उपलब्ध गराइएको छ । जसको बजार मूल्य क्रमशः ४ लाख ९४ हजार ९ सय र ४ लाख ९५ हजार ९ सय तोकिएको छ ।











