सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, काक्रामा एक जना पुरुषको शव फेला परेको छ । सोमबार बिहान ११ बजेर २० मिनेटको समयमा बागमती नदीको किनारमा हाल नाम थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि काठमाडौं टिचिङ अस्पताल लगिएको छ भने घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।