हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेचोकमा पिकअप गाडीको ठक्करबाट एक बालिका घाइते भएकी छन् । बुधबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा हेटौँडा– भैंसे–भीमफेदी–कुलेखानी सडकखण्डमा भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ०९२६ नम्बको पिकअप गाडीले ओभरटेक गर्दा ८ वर्षीया सोबिका स्याङबो ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोबिकालाई कुलेखानी इङ्ग्लिस बोर्डिङ स्कुलको बसबाट झरि बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो । घाइते सोबिकालाई उपचारका लागि हेटौँडास्थित सन्चो अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । गाडी चालक बागमती गाउँपालिका–१, माझिगाउँ बस्ने ५३ वर्षीय बाबुलाल भोलनलाई नियन्त्रणमा लिएको छ ।