सांकेतिक तस्वीर ।

हेटौँडा : चितवनको भरतपुर महानगरपालिका–१२, आन्नदटोलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–२२ पटीहानी घर भई हाल राईनोचोकमा डेरा गरी बस्ने केशव विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

विक बुधबार दिउँसो १ बजेको समयमा आन्नदटोलमा मृत फेला परेका थिए । अनुसन्धानको क्रममा विक लेबर काम गर्ने र मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात पोष्टमार्टमका लागि सरकारी अस्पताल लगिएको छ ।