महिलामैत्री कानुन निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाउँदैको तस्वीर

हेटौंडाः अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरले महिलामैत्री कानुन निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । बुधबार अनेमसंघ मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिने गरी कानुनको मस्यौदा तयार गर्नु गैरजिम्मेवारपूर्ण तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

पितृसत्तात्मक सोच र संरचनाको अन्त्य गर्न प्रभावकारी कानुन निर्माणको माग गर्दै अनेमसंघलेसंघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पितृसत्तात्मक भूमिकाको अन्त्यका लागि महिलाहरूले लामो समयदेखि संघर्ष गर्दै आए पनि व्यवहारिक रूपमा महिलामैत्री कानुनमाथि बारम्बार प्रहार भइहेकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

अनेमसंघले २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गरेको ज्ञापनपत्रमा उल्लेख छ । संघले तत्कालीन रूपमा उक्त कानुनमाथि आवश्यक संशोधन गरी महिलामैत्री कानुनी व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझाउनुहुँदै संघकी अध्यक्ष सुमित्रा काफ्लेले महिलामाथिको विभेद अन्त्य गर्न बनेका कानुनहरू व्यवहारमा लागू नभएको र महिलाको अधिकार सुनिश्चित गर्न संशोधित कानुन तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । राजनीतिक सहभागितामा महिलाहरूको उपस्थितिको अभाव, घरेलु हिंसाका घटनाहरू, सामाजिक शोषण तथा सार्वजनिक स्थलमा मि