हेंटौडाः जेसीआई बसामाडी सप्ताह २०२०, को सप्ताहब्यापी कार्यक्रम आजबाट सकिएको छ । हेटौंडा–२, वनस्खण्डीमा आज एक कार्यक्रम गर्दै सप्ताहव्यापि कार्यक्रमको समिक्षा गरेर समपान गरिएको हो ।

आज हेंटौडा–२ को वनस्खण्डी मन्दिरलाई २ वटा डस्विन र ५० वटा गमला जेसीआई बसामाडीले सहयोग गरेको छ । जेसीआई बसामाडी अध्यक्ष बिबेक बजगाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा संविधान सभामञ्च नेपालको अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कोभिडको महामारीको अवस्थालाई मध्यनजर गर्दै भोली समापन हुने कार्यक्रम आजै समापन गर्नुपरेको अध्यक्ष बजगाईले बताउनुभयो । सप्ताहव्यापी भएको कार्यक्रममा हरेक दिन कोरोना भाइरसबारे जनचेतना फैलाउँदै कुल १ हजार बढी मास्क वितरण गरिएको छ । यस्तै १ लाख बराबरको खाद्यान्न तथा शैक्षिक सामग्रीहरु विभिन्न स्थानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

आज भएको समापन कार्यक्रममा सप्ताहव्यापी मुल कार्यक्रममाका संयोजक गौतम केसिले सप्ताहव्यापी कार्यक्रमको प्रतिवेदन पेस गर्नु भएको थियो । समापन कार्यक्रममा वनस्खण्डी मन्दिर संरक्षण समितीको अध्यक्ष राममान श्रेष्ठ, तुलसी रिजाल, ज्योती रत्न बज्रचार्य ,अशोक शाक्य ,हरी ढकाल ,राजकुमार जोशी , जयराम सुवेदी ,राममान बानियाँ लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा जेसीआईका पुर्व अध्यक्षहरु साथै जेसीआई बसामाडीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।