हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, नमस्ते चोकमा बेवारीसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१५, मंगलपुर घर भई हाल बेबारीसे अवस्थामा मागी खाई हिडने २० वर्षीय पुरुष रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुरुष बिहीबार बिहान ५ बजेर ४० मिनेटको समयमा बिरामी अवस्थामा फेला परेका थिए । पुरुषलाई उपचारका लागि चितवनस्थित भरतपुर लगिएकोमा उपचारको क्रममा बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।