हेटौँडा : हेटौँडामा २ वटा शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । गत बुधबार हेटौँडा–१०, बसपार्कमा बेसहारा अवस्थामा भेटिएकी अन्दाजी ४० वर्षीय अस्मिता तामाङको उपचारको क्रममा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटको समयमा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो । अस्मितालाई नगर प्रहरीले उद्दार गरेर उपचारका लागि हेटौँडा अस्पताल पु¥याएको थियो ।
यस्तै शुक्रबार बिहान ७ बजेर २५ मिनेटको समयमा हेटौँडा–१० बसपार्कमा अन्दाजी ६५ वर्षीय पुरुष अचेत अवस्थामा उद्दार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो । ती पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहानसम्म दुबैजनाको ठेगाना र आफन्त पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा दुबै शवको फोटो सार्वजनिक गरेर आफन्तलाई सम्पर्कमा आउन, चिनेजानेका व्यक्तिले आफन्तलाई खबर गरिदिन आग्रह गरेको छ ।