हेटौंडाः प्रदेश युवा परिषद् बागमतीको आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा आयोजित खुला कविता प्रतियोगितामा उत्कृष्ट २० कविता सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि प्राप्त २ सय २३ मध्ये २० कवितालाई प्रारम्भिक सूचिमा समावेश गरिएको सोमबार संगमले जनाएको छ ।
मकवानपुरकी अग्रिमा शिवाकोटीको ‘रित्तिँदैछ देश’, कृष्मा लौडारीको ‘डिजिटल संसारको मायाजाल’, रुपा ढुङ्गेलको ‘म शिक्षामन्त्री भए’, सुवास सजलको ‘डरलाग्दो अन्त्य मानव सभ्यता’ शिर्षकको कविता उत्कृष्ट २० मा पर्न सफल भएको छ । यस्तै बारा जिल्लाका अभिषेक ओझाको ‘बिसंवाद’, पर्वत जिल्लाको तारानाथ पराजुलीको ‘पागल प्रकृतिप्रेमीको वयान’, दैलेख जिल्लाका दीपिन सिजापातिको ‘आकांक्षा’, तनहुँ जिल्लाका प्रदीप कोइरालाको ‘म’, सिन्धुली जिल्लाको बाबुराम श्रेष्ठ (यात्री) को ‘आमा देश र माटो’ शिर्षकको कविता उत्कृष्ट २० मा पर्न सफल भएको छ । यस्तै धनकुटा जिल्लाका भरत थापाको ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, दोलखा जिल्लाका भीमप्रसाद खतिवडा (अनुराग) को ‘जीवन एक पाठशाला’, बझाङ जिल्लाका महेश कठायतको ‘देश’, धादिङ जिल्लाकी रञ्जिता अधिकारीको ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसादको ‘खिया’ शिर्षकको कविता उत्कृष्ट २० मा पर्न सफल भएको छ ।
कास्की जिल्लाका सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’, संयोग बस्यालको ‘सावधान’, सांखुवासभा जिल्लाका सिजन श्रेष्ठको ‘उर्वशी’, सिन्धुपाल्चोक जिल्लाका सुन्दर शिरिषको ‘जहाज चढ्न मन छैन आमा’, नुवाकोट जिल्लाकी सुमित्रा सुमीको ‘हे बुद्ध आऊ’, उदयपुर जिल्लाकी सुमी पोखरेलको ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शिर्षकको कविता पनि उत्कृष्ट २० मा पर्न सफल भएको छ ।
पुस ६ गते शनिबार अन्तिम चरणमा उत्कृष्ट २० कविका कविता वाचन पश्चात प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार वितरण गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाले जानकारी दिनुभयो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ४० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो । सोही दिन कवि मोमिला जोशीको एकल कविता वाचन समेत हुने उहाँले बताउनुभयो ।