जेसीज सप्ताह समापन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडाः जेसीआई हेटौँडाको जेसीज सप्ताह सम्पन्न भएको छ । शुक्रबार साँझ एक समारोहका बीच जेसीज सप्ताहको समापन गरिएको हो । जेसीआई हेटौँडाका अध्यक्ष विकेश लाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो ।

जेसीज सप्ताह समापन समारोहमा जेसीज सप्ताहमा आयोजित विभिन्न क्रियाकलापमा विजेतालाई पुरस्कृत समेत गरिएको थियो । जेसीज सप्ताहको अवसरमा रक्तदान कार्यक्रम, अपहिल साइक्लिङ, विस्तारै मोटरसाइकल चलाउने प्रतियोेगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यालयलाई शैक्षिक सहयोग, लागुऔषध दूव्र्यसनविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । जेसीआई हेटौँडाका कार्यकारी उपाध्यक्ष विवेक आनन्द न्यौपानेको संयोजकत्वमा जेसीज सप्ताह भएको हो ।