हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाको कार्यालय मंगलबार कार्यालय समयमा रित्तै पाइएको छ । गाउँपालिकाका प्रमुख धर्मराज लामिछाने, उपप्रमुख भक्त खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठसहित सबैजसो कर्मचारी कार्यालयमा थिएनन् ।

सेवाग्राही पुग्दा २ जना मात्रै कर्मचारी भेटिएका थिए ।कार्यालय समयमा जनप्रतिनिधिदेखि कर्मचारी सबैजसो अनुपस्थित देखेपछि सेवाग्राहीले भिडियो नै बनाएर गाउँपालिकामाथि प्रश्न उठाएका छन् । सेवाग्राहीको गुनासोपछि गाउँपालिकाका अध्यक्ष लामिछानेसँग बुझ्न खोज्दा उहाँको मोवाइल सम्पर्क हुन सकेन ।

उपाध्यक्ष भक्त खत्रीले आफू पनि हेटौँडामा रहेको प्रक्रिया दिनुभयो । पालिकाकै कर्मचारीको विवाहका कारण अधिकांश कर्मचारी विवाह समारोहमा सहभागी हुने क्रममा कार्यालय अनुपस्थित रहेको बुझिएको छ ।