हेटौँडाः शनिबार विहान हेटौँडाको दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–४ स्थित पशुपति मन्दिर र हेटौँडा–१० स्थित बुद्धचोकमा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
हेटौँडा–४ स्थित पशुपति मन्दिरमा भएको रक्तदान कार्यक्रमा २० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी हेटौँडा उपशाखाको आयोजनामा भएको हो । कार्यक्रममा ४ नम्बरको वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।
यस्तै हेटौँडा–१०, बुद्धचोकमा जिफन्ट मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बागमती प्रदेश सरकारको खानेपानी, सिचाई तथा उर्जा मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।