सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मकवानपुरगढी–४, ज्वालादेवीमा अटो अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय सुमन भन्ने देविबहादुर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बुधबार बिहान ६ बजेर १५ मिनेटको समयमा ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङबजारबाट ज्वालादेवीतर्फ जाँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटो चालक घिमिरेको निधारमा र टाउकोमा चोट लागेको थियो । उपचारका लागि घिमिरेलाई हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा बुधबार बिहान ६ बजेर ५८ मिनेटमा डाक्टरले मृत घोषणा गरेको भण्डारीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान कार्य जारी रहेको र शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा नै राखिएको छ ।