हेटौंडाः सत्य साई बाबाको ९७ औं शुभजन्मोत्सवको अवसर आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । मंगलबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रमा ३ जना महिला र २३ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा श्री सत्य साई सेवा संगठन नेपाल, हेटौंडाका अध्यक्ष मोन थापाको सभाध्यक्षता रहेको थियो । थापाका अनुसार शुभजन्मोत्सवको अवसरमा नै आज मंगलबार रात्रीकालिन समयमा सडक पेटिकामा बस्ने गरिब तथा बेसहारा पिडितहरुलाई कम्मल वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै,सोमबार भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । अहिले रगतको अभाव नभएको प्राविधिक सापकोटाले बताउनुभयो ।