सांकेतिक तस्वीर ।

हेटौंडाः आज मंगलबार बिहान साढे ७ बजेको समयमा हेटौंडा ४ हुप्रचौरको भित्री सडक खण्डमा अटोले पैदल यात्रीलाई ठक्कर दिएको छ । ना २ ह १०८३ नम्बरको अटोले सोही स्थान बस्ने ५६ वर्षीया मिनु तामाङलाई ठक्कर दिँदा शरिरको विभिन्न भागमा चोट लागेको छ ।

मिनुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ । घाइतेको अवस्था मध्यम रहेको र अटोसहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।