हेटौंडाः आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आज जन्म दिने आमाप्रति विशेष सम्मानगरी आमाको मुख हेर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरुले आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् । तिथी रोकिएको श्राद्ध पनि आज मातातिर्थ औंसीमा गर्ने गरिएको छ ।