फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । १० जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकावानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिका, कैलाश र मकवानपुरगढी गाउँपालिकाका समान १–१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ५ जना पुगेको छ ।

जिल्लामा यसै अवधिमा १ ले जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ । ज्यान गुमाउनेमा हेटौंडा–१४ का ६३ बर्षीय महिला रहेको छ । योसँगै जिल्लामा १ सय ६६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

जिल्लामा अहिले ५४ जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५२ जना होसआइसोलेसनमा र २ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
जिल्लामा यसै अवधिमा ३ जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन बस्ने ३ जनाले कोरोना जितेका हुन् ।