हेटौंडाः स्वास्थ्य कार्यालय मकवानपुरले विश्व आत्माहत्या रोकथाम दिवसका दिन आज विविध कार्यक्रम गरेर मनाएको छ । स्वास्थ्य कार्यालय मकवापनुरले विभिन्न सञ्चारमाध्यमा सुचना प्रसारण गर्नुका साथै, आत्महत्या रोकथाम कसरी गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत गरेको छ ।

मानसिक तनावका कारणले आत्महत्याको घटना घट्ने भएकाले आत्महत्या सोच आएमा मनोपरामर्श सेवाको लागि राष्ट्रिय हेल्पलाइनको निशुल्क ट्रोल फ्रि नम्बर ११६० मा २४ सै घण्टा फोन गरेर सेवा लिन सकिने सकिने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । उहाँले मकवापनुरका १० वटै स्थानीय तहको स्वास्थ्य संयोजकलाई स्थानीय तहले आत्महत्या रोकथाममा निर्वाह गर्नु पर्ने भुमिकाहरुको बारेमा जानकारी गराएको पनि बताउनुयभो । आत्महत्याको जिम्मेवार रिपोर्टिङ अभ्यानस गर्न सञ्चार माध्यमलाई सहयोग र प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।